Friday, August 31, 2018

प्रधानमन्त्रीद्वारा नागरिकप्रति आभार

काठमाडौँ, १५ भदौ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का क्रममा राजधानीको सवारी आवागमनमा उत्पन्न कठिनाइ झेल्दै सम्मेलन सफल पार्न नागरिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत आज भन्नुभएको छ, ‘अतिथि देवो भव हाम्रो गौरवशाली संस्कृति हो । बिम्स्टेक सम्मेलनका विशिष्ट अतिथिहरुलाई स्वागत गर्ने क्रममा यस्ता उच्चस्तरीय कार्यक्रममा समेत आवागमन प्रभावित नहुने गरी दीर्घकालीन भौतिक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनेछ ।’
–––



from RSS Nepal https://ift.tt/2NB8nQb

0 comments:

Post a Comment