Friday, August 31, 2018

प्रधानमन्त्रीद्वयबाट पशुपति धर्मशालाको उद्घाटन

काठमाडौँ, १५ भदौ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिमा निर्मित नेपाल–भारत मैत्री पशुपति धर्मशालाको आज संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

करीब रु २० करोडको लागतमा १० हजार वर्ग किलोमिटर क्षेत्र फलमा निर्मित उक्त धर्मशाला भारतीय सहयोगमा बनेको हो । उद्घाटनपश्चात् प्रधानमन्त्रीद्वयले सम्बोधन गर्नुभएको थियो ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो शिखर सम्मेलनमा भाग लिएर स्वदेश फकर्नुअघि भारतीय प्रधानमन्त्री मोदी पशुपति नाथ मन्दिरको दर्शनका लागि पुग्नुभएको थियो ।
–––



from RSS Nepal https://ift.tt/2MIv3Sg

0 comments:

Post a Comment